
धनगढीः कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियास्थित हुलाकी सडक खण्डमा हिँडिरेहेका कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय आशिषकुमार चौधरी र धनगढी उमहानगरपालिका-१ शिवमन्दिर बस्ने २७ वर्षीय अजय रसायली पक्राउ परेका छन्।

चेकजाच गर्दा आशिषको साथबाट २ ग्राम ६९० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।
