Skin_Hospital_Dhn

कश्मीर हमलामा एक नेपाली पर्यटकको पनि मृत्यु

काठमाडौं: जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीकाे ठेगाना खुलेकाे छ ।

मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रहेका छन् । उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेकाे उल्लेख गरिएकाे छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए ।

 

सम्बन्धित
Loading...