Skin_Hospital_Dhn

सुनको मूल्य आज बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ: हिजो घटेको सुनको मूल्य आज फेरि बढेको छ। सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको हो।

मंगलबार अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य हिजो प्रतितोला सात हजार पाँचसय रुपैयाँ घटेको थियो। सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेपछि १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको हो।

हिजो सुनको मूल्य एक लाख ९० हजार चारसय रुपैयाँ थियो। गएको मंगलबार तोलामा ६ हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय सुनको मूल्य विश्वबजारमा बढ्दै आएको छ। आज विश्वबजारमा सुन ३३३२.२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले उल्लेख गरेका छन्। त्यसैगरी चाँदी ३३.४२ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको छ।

सम्बन्धित
Loading...