
धनगढीः दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लेकम गाउँपालिका–१ खेतालीस्थित चौलानी नदीमा ४५ वर्षीय पुरुषको शव बुधवार फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त शव बैतडीको डिलासैनी लगाउँपालिका–५ का श्यामसिंह साउँदको रहेको प्रहरीले जनाएको छ। फेला परेको शव प्रहरीले मृतकका आफन्तको जिम्मा लगाइसकेको बताइन्छ।
