

धनगढी: इलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाको सरुवा भएको छ।
थापाको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा भएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधवार सार्वजनिक गरेको सूचनामा थापासहित १२१ डीएसपीको सरुवा गरेको जनाएको छ। थापाको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल डोटीमा कार्यरत रणबहादुर चन्द आउने भएका छन्।
