काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा शुक्रबारदेखि सुरु हुने संसद्को वर्षे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधनका लागि समय माग गरेको जानकारी गराएका हुन्।