
डडेल्धुराः डडेल्धुरामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।

जिल्लाको परशुराम नगरपालिका-१० दुम्सीजला बस्ने लक्ष्मण बुढाको घरमा विद्युत सर्ट भई आगलागी आज बिहान ३ः५० बजे आगलागी भएको हो।

आगलागी हुँदा घर र घर भित्र रहेका खद्यान्न, भाँडाबर्तन, लत्ताकपडा, काठलगायतका सामान गरी अन्दाजी ५ लाख १७ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
