
धनगढी: कञ्चनपुरमा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गर्दै कैद सजाय तथा जरिबाना तोकेर दोषी ठहर गरेर फरार रहेका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा तीन महिना कैद सजाय पाएका बेदकोट नगरपालिका–६ का २४ वर्षीय निश्चल केसी, सोही ठाउँका २५ वर्षीय प्रदीप मार्कण्ड भण्डारी, सवारी ज्यान मुद्दामा तीन महिना कैद सजाय पाएका बेदकोट– २ का २३ वर्षीय अनिल चौधरी र सवारी ज्यान मुद्दामा एक महिना कैद सजाय र दुई हजार जरिबाना सुनाइएका कृष्णपुर नगरपालिका– ७ का ३८ वर्षीय भोजराज डगौरा रहेका छन्।
फरार रहेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो।
