Skin_Hospital_Dhn

कैलालीमा लागूऔषधसहित दुइ जना पक्राउ

धनगढी ।
कैलालीमा अवैध लागूऔषधसहित २ युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित २ युवक पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरीलाइ पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

सम्बन्धित
Loading...