
धनगढी ।

कैलालीमा स्थानीय युवाको समूहसंग एसइई परीक्षा दिन गएका चार जना विद्यार्थी कुटिएका छन् । जिल्लाको धनगढी उप—महानगरपालिका–१९ मा रहेको फूलवारी माध्यमिक विद्यालयमा स्थानीय युवाको समूहले एसइई परीक्षा दिन गएका धनगढी –१४ का चार जना विद्यार्थीलाई कुटपिट गरेका हुन् ।

परीक्षार्थीहरु रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी कुटपिटबाट घाइते भएका छन् । घाइतेका आफन्त अक्कल भण्डारीका अनुसार परीक्षा दिएर फर्किने क्रममा उनीहरुमाथि आक्रमण भएको हो । उनीहरुको टाउको र शरीरमा चोट लागेको छ ।
अहिले उनीहरुको धनगढीमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको बिस्तृत विवरण आउन बाकी रहेको र आक्रमण गर्ने युवा समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
