
अछामः अछामको साँफेहाट बजारमा आगलागी हुँदा १० पसल जले नष्ट भएका छन्।
अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिवार बिहान भएको भीषण आगलागीबाट १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।


बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित शुभेच्छा मम सेन्टरबाट सुरु भएको आगलागीबाट आसपासका पसलहरूमा फैलिँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
शनिबार बिहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भीम कुँवरको रोड साईड रेष्टुरेन्ट, दीपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेको प्रहरीले जनाएको छ।
आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा आइसकेको जनाइएको छ। हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण सङ्कलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
