Skin_Hospital_Dhn

साँफे हाटबजारका आग्नीपीडितलाई प्रदेश सरकारले १० लाख सहयोग गर्ने

धनगढी: अछामको साँफेबगर नगरपालिका–३ हाट बजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानवीय सहायता स्वरूप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सम्बन्धित
Loading...