Skin_Hospital_Dhn

लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा निरन्जन शाह

धनगढी: लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा निरन्जन शाह चयन भएका छन्। नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज डगौराको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले शाहकोअध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

कार्य समितिको उपाध्यक्षमा किरण रावल र नेत्र मगर निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा डम्बर चन्द, उपमहासचिवमा टेकराज जोशी र दीपकसिंह ऐर, कोषाध्यक्षमा सिद्धराज भट्ट, सहकोषाध्यक्षमा जयन्ती शाह चयन भएका छन्।

यसैगरी सदस्यहरूमा महेन्द्र शाह, प्रतापजंग कुँवर, छपेन्द्र कडाल, नरेन्द्रराज अवस्थी, रिसिकेश चौधरी, दिलिप रोकाया, उमेशराज पाण्डेय र रुद्र पन्त निर्वाचित भएको निर्वाचन अधिकृत ओमराज पाठकले जानकारी दिए।

लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिवेशनमा नेपाल निर्माण व्यवसायी संघका उपाध्यक्ष प्रकाश सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वाँर, केन्द्रीय सदस्यहरू दिनेश सिंह, किशोर ठकुराठी, यमुना भट्टलगायत निर्माण व्यवसायीहरूको उपस्थिति थियो।

सम्बन्धित
Loading...