Skin_Hospital_Dhn

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचकमा २० अंकले घटेको छ । आज (आइतबार) नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर एक अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबारको तुलनामा सेयर कारोबार रकम बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत्, वित्त, विकास बैंक, लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । यता स्वाभिमान लघुवित्तको सेयर ९.६१ प्रतिशत घटेको छ ।

सम्बन्धित
Loading...