Skin_Hospital_Dhn

कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

धनगढीः कैलालीमा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको शनिवार रुखबाट खसेर मृत्यु भएको हो।

शनिवार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार चौधरीको नेपालगञ्ज सेवा नर्सिङ होममा मृत्यु भएको हो।

सम्बन्धित
Loading...