Skin_Hospital_Dhn

संविधान र कानुन पालना गराउन कलम चलाउन आवश्यक : प्रदेश प्रमुख मियाँ

कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले संविधान र कानुनको पालना गराउन सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिएका छन्।

शनिवार धनगढीमा आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै जुट्नुपर्ने बताए।

प्रदेश प्रमुख मियाँले भने, ‘संविधान र कानुन अक्षरशः पालन गराउनका लागि सबैले भूमिका खेल्नुपर्छ। यसमा पत्रकारको कलम झन् महत्वपूर्ण छ।’

सञ्चार क्षेत्र जोखिम रहे पनि परिवर्तनका लागि महत्वपूर्ण रहेको भन्दै समाजमा रहेका विकृति र पछाडि परेका समुदायका बारेमा आवाज उठाउन आग्रह गरे।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले सञ्चार क्षेत्रमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।

सम्बन्धित
Loading...