Skin_Hospital_Dhn

भोलि कैलाली आउँदै प्रचण्ड, यस्तो छ दुईदिने कार्यतालिका

धनगढी: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि सोमबार कैलाली आउने भएका छन्। माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रमअन्तर्गत प्रचण्ड कैलाली आउन लागेका हुन्।

उनी सोमबार र मंगलबार कैलालीमै रहनेछन्। तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको क्रममा उनी वैशाख १६ गते अर्थात भालि सोमबार साँझ टीकापुर नगरपालिका–८ सत्ती कर्णाली पुल पुग्ने कार्यक्रम छ। उनको रातिको बसाइँ टीकापुर नगरपालिका–७, ८ र ९ स्थित सूर्यपुर र झुंगा बस्तीमा हुने भएको छ।

त्यस्तै उनी मंगलबार झुंगामा आयोजना हुने जनसभालाई सम्बोधनपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका ५ बैजपुर पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका कैलारी गाउँपालिका समिति अध्यक्ष बतासु चौधरीले जानकारी दिए। त्यहाँ पनि उनको शहीद परिवार भेटघाट, जनसभा सम्बोधनलगायतको कार्यक्रम रहेको बताइएको छ।

कार्यतालिका

सम्बन्धित
Loading...