Skin_Hospital_Dhn

लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ

धनगढी ।
कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट करन परीयार र शिबराज ओझा पक्राउ परेका हुन् ।

घोडाघोडी नगरपालीका–१ घर भएका १९ वर्षीय करन परीयार र सोहि ठाउँकै २२ वर्षीय शिबराज ओझाको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ ।

उनीहरु विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...