
दाङ: नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भुमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
दुई ठूला राजनितीक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै कांग्रेस नेता महतले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए।


प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गर्भनर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उनको आरोप छ।
कांग्रेस नेता महतले संक्षम योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गर्भनर नियुक्त हुनु पर्ने पक्षमा नेपाली कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गर्भनर नियुक्तिमा विलम्ब भएको उनको भनाइ छ।
अर्को प्रसंगमा बोल्दै नेता महतले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धीत व्यक्तिबाटै अशुलउपर गरी वचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए।
पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै नेता महतले पुनः राजा फर्काउने सम्भव नभएको पनि उनको भनाइ छ।
