Skin_Hospital_Dhn

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी: कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट गोदावरी नगरपालिका–२ का २७ वर्षीय सागर चौधरी पक्राउ परेका हुन्। चौधरीको साथबाट प्रहरीले एक ग्राम १४० मिलिग्राम लागुऔषध फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले शनिवार उनलाई लागुऔषधसहित पक्राउ गरेको हो। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

सम्बन्धित
Loading...