

काठमाडौँ ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार आज (सोमबार) देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू—भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका एक—दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
