Skin_Hospital_Dhn

शिक्षक आन्दोलनमा पत्रकार घाइते

काठमाडौं: काठमाडौँमा जारी शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सविना कार्की घाइते भएकी छिन्।

प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा चोट लागेको छ। अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जानकारी दिए। ‘उहाँ (कर्की)को दुवै आँखामा गम्भिर चोट लागेको छ। अहिले उपचार भइरहेको छ’, उनले भने।

उनलाई प्रहरीले पानीको फोहोरा प्रहार गर्दा चोट लागेको थियो। आइतबार नयाँबानेश्वरमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।

सम्बन्धित
Loading...