Skin_Hospital_Dhn

आउँदो बजेटमा कमिसनको लेनदेन हुँदैन : आर्थिक मामिला मन्त्री शाही

धनगढी ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री शाही नरेश कुमार शाहीले ८०/८१ को बजेटमा कमिसनको लेनदेन नहुने बताएका छन् ।

आर्थिक वर्ष ८०/८१ को बजेट तर्जुमा सम्बन्धमा स्थानीय तह सङ्ग पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । अर्थ मन्त्री शाहीले बजेटका नाममा कहीँ कतै कसैले ठग्ने काम गरे सचेत रहन र खबरदारी गर्न आग्रह गरे ।

 

यसपलीको बजेटमा वित्तीय हस्तान्तरण समेत बढाइने भएकाले ढुक्क रहन भन्दै, अहिले निर्वाचित भएका ३ हजार ८ सय ९९ जना सुदूरपश्चिमको विकासका लागि दौडिरहेको बेला आउँदो बजेट पारदर्शी र जन उपयोगी तरिकाले कार्यान्वयन गर्ने उनले बताए ।

 

‘अब योजना छनौट सिफारिस नभई जनताको आवश्यकताको आधारमा हुनेछन् ,सुदूरपश्चिमका मानिसलाई काम निर्माण हुने र उत्पादनलाई प्राथमिकतामा राखेर हामी कार्य गर्ने छौ’ मन्त्री शाहीले भने ।
साथै स्थानीय तह र प्रदेश सरकार को सहभागितामा संयुक्त बजेट निमार्ण हुने उनले जिकिर गरे । उनले आउँदो बजेटमा सशक्त शीर्षक रहने समेत विश्वास दिलाए । तर साना बजेट जस्तै ५ लाख सम्मका बजेट भने स्थानीय तहबाट जानुपर्ने मान्यता रहेको बताए ।

 

सुदूरपश्चिमको तीव्र विकासका लागि स्थानीय तहलाई प्रतिस्पर्धा भन्दा पनि सहकार्य गर्दै अगाडि बढ्न अर्थ मन्त्री शाहीले आग्रह समेत  गरेका छन् ।
Loading...