Skin_Hospital_Dhn

धनगढीबाट हत्कडीसहित फरार महिला भारतमा पक्राउ

धनगढी: कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिला भारतबाट पक्राउ परेकी छन्।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि धनगढीको सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन्। हतकडी सहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई निलम्बन गरिएको छ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले बताए।

सम्बन्धित
Loading...