Skin_Hospital_Dhn

सामाजिक विकास मन्त्री खड्काले गरे साँफे हाटबजार आगलागीको निरीक्षण

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले अछामको साँफे हाट बजारमा भएको भीषण आगलागीको स्थलगत निरीक्षण गरेका छन्।

मन्त्री खड्काले वैशाख १३ गते बिहान अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर नगरपालिका–३ स्थित साँफे हाट बजारमा भएको आगलागीको स्थलगत निरीक्षण गरेका हुन्।

घटनास्थलमा पुगेर उनले अग्नी पीडित र स्थानीयहरूसँग भेटेर क्षतिको अवस्था बुझ्नुका साथै राहत तथा पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

आगलागीबाट १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका थिए। शनिबार बिहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भीम कुँवरको रोड साईड रेष्टुरेन्ट, दीपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका हुन्।

आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको थियो।

सम्बन्धित
Loading...