Skin_Hospital_Dhn

कैलालीका एसपी बिष्टको सरुवा, राणा आउने

धनगढी: कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टको सरुवा भएको छ। उनको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँ काज सुरुवा भएको हो।

बिष्टको ठाउँमा प्रहरी उपरीक्षक बाल नरसिंह राणा आउने भएका छन्। उनी नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा, काभ्रेपलाञ्चोकमा कार्यरत थिए।

प्रहरी महानिरीक्षकको वैशाख १५ गतेको निर्णयानुसार वैशाख महिनादेखि तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ६३ जना प्रहरी उपरीक्षकको सरुवा गरिएको छ।

सम्बन्धित
Loading...