
धनगढी: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर शाही आउने भएका छन्।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी राजीवबहादुर बस्नेतको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाण्डौंमा काज सुरुवा भएपछि शाही यहाँ आउने भएका हुन्।


उनी यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरमा कार्यरत थिए। सोमबार प्रहरी प्रधान कार्यालयले गरेको ६३ एसपीको सरुवामा शाहीको अत्तरिया सरुवा भएको हो।
शाही यसअघि डीएसपी हुँदा इलाका प्रहरी कार्यालय मालाखेतीको पनि काण्डमा सम्हालेका थिए। शाही केही महिनाअघि मात्रै एसपीमा बढुवा भएका थिए।
यो पनि पढ्नुहोस् : कैलालीका एसपी बिष्टको सरुवा, राणा आउने
