Skin_Hospital_Dhn

कैलालीमा प्रचण्डले चाखे अछामी परिकार ‘भक्सी’को स्वाद

कैलाली: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कैलालीमा छन्। हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा अध्यक्ष दाहाल कैलाली आएका हुन्।

अभियानका क्रममा अध्यक्ष दाहालसहितको टिमले अछामी समुदायको परम्परागत परिकार भक्सीको स्वाद लिएको छ। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर आगोको भुङ्ग्रेमा पकाइन्छ।

यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर बनाइने अर्को लोकप्रिय परिकार हो। स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा बेरेर पकाइएको भक्सी र डल्ला मासको स्वादले भरिपूर्ण परिकार खाजाका रूपमा ग्रहण गरेको हो।

सम्बन्धित
Loading...