
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ।

सोमबार तोलामा सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम छ।
