Skin_Hospital_Dhn

सुदूरपश्चिम बाट पहिलो पटक चुनावी दौडमा सोलुखुम्बु पुगे अध्यक्ष कुँवर

धनगढी ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सोलुखुम्बु पुगेका छन् ।

कुँवरले महासंघको केन्द्रीय कार्यकारिणी समितिको जिल्ला नगरको (खुल्ला तर्फ) बाट सदस्यमा उम्मेदवारी घोषणा गरेपछि भ्रमणमा आफ्नो उम्मेदवारीको जानकारी सहित मत माग्दै जिल्ला नगर दौडमा निस्केका हुन् ।

उनले देशभरका उद्योगी व्यवसायी संगको भेटघाटमा सक्रियता बढाएका छन् । यहीँ क्रममा सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष नुरु लामा सँगै कुँवरले भेटघाट गरेका हुन् ।

“यसरी सुदूरपश्चिम बाट आजसम्म कोही आएको थिएन ,तपाई आउनु भयो खुसी लाग्यो र चुनावमा हाम्रो साथ पनि रहने छ” ,अध्यक्ष लामालाई उद्दृत गर्दै कुँवरले भने ।

महासंघको ५७ औँ चुनावी साधारण सभा यही चैत्र २८ र २९ गते हुँदैछ ।

सम्बन्धित
Loading...