
धनगढी: प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा ६० वर्ष भन्दा माथिका नागरिकका लागि नि:शुल्क चेकजाँच सेवा थप गरेको छ।
सामाजिक बिकास मन्त्रालयअन्तरगत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जेष्ट नागरिकका लागि ल्याब टेस्टमा निशुल्क सेवा थप गरेको जानकारी दिएको छ ।


प्रयोगशालाद्वारा जारी सुचनमा ६० वर्षभन्दा माथिका नागरिकका लागि ल्याब टेष्टमा निशुल्क सेवा थप गरिएको जनाइएको छ । प्रयोगशालाका निमित्त निर्देशक शिवराज सुनारले जेष्ट नागरिकका लागि सुगर, लिपिड प्रोफाइल, कलेको जाच लगायतका सेवाहरुमा नि:शुल्क गरिएको बताए ।
त्यस्तै जनस्वास्थ्य गतिबिधिसंग सरोकार राख्ने तोकिएका बिशिष्ट जाचहरु समेत नि:शुल्क रहेको बताउँदै निमित्त निर्देशक सुनारले जनरल प्रयोगशाला परिक्षण सेवाहरु समेत न्युन रकममा भैरहेको बताए ।
