Skin_Hospital_Dhn

रास्वपाका सभापति लामिछानेको नागरिकता दुरुपयोग मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं ।
रास्वपाका सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ले हिजो (सोमबार) सर्वोच्चमा दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिट निवेदकले माग गरेका छन् ।

रास्वपा सभापति समेत रहेका लामिछानेले सोमबार मात्रै चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित
Loading...