Skin_Hospital_Dhn

कैलालीमा विद्यार्थी कुटपिट गर्ने १२ जना पक्राउ

धनगढी ।
कैलालीमा विद्यार्थी कुटपिट गरेको आरोपमा प्रहरीले १२ जना पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उप—महानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका चार जना विद्यार्थीलाई आइतवार कुटपिट गर्ने सोही ठाउँका १२ जना युवालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडानम्बर १८ बस्ने १९ वर्षीय विराज बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, सन्तोष दवाडी, जनक बोहरा, आर्यन थापा, अशोक विक, प्रविन रानामगर, अवि विक, सुजना कोली, सुरज परियार र कृष्ण सिकेलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।

पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थप गरी आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फूलबारी माध्यमिक विद्यालयमा एसईइ दिन गएका धनगढी उपमहानगरपालिका–१४ का चार जना विद्यार्थीलाई ती १२ जनाको समूहले गरेको आक्रमणबाट रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारी घाइते भएका थिए ।

सम्बन्धित
Loading...