Skin_Hospital_Dhn

सामन्ती राजतन्त्र फर्किंदैन : प्रचण्ड

टीकापुर: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती राजतन्त्र नफर्किने बताएका बताएका छन्।

तराई मधेश जागरण हुलाकी मार्ग अभियानमा सहभागी हुन कैलाली पुगेका अध्यक्ष प्रचण्डले मङ्गलबार टीकापुर नगरपालिका–९ झुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘बुद्धि भए पनि नभए पनि, जतिसुकै ठग डाँका भए पनि वंशका आधारमा राजा हुने व्यवस्था हटाएर सार्वभौमसत्ता सम्पन्न जनता हुने संविधान जनताका छोराछोरीले लेखिसकेँ। बेला मौकामा संविधान कुल्चेर राजा महाराजा कहाँ सत्ता लिन सकिन्छ कि तानाशाहीतिर जान सकिन्छ भनेर कोसिस गर्दैछन् अब इतिहास फर्किंदैन।’

अध्यक्ष प्रचण्डले सामन्तीहरूका विरुद्ध क्रान्तिकारीहरूले चैत १५ गते काठमाडौँमा विशाल प्रदर्शन गरेपछि राजावादीहरूले हत्या, हिंसा, आगजनी गरेर बितण्डा मच्चाएको र असफल भएर पतनको बाटोमा गएको बताए।

थोरै सिटको पार्टीले सरकार चलाउनु हुँदैन भनेर ठुला दल मिलाएर माओवादी सरकाबाट बाहिरिँदा पनि फाइदा भएको र भ्रष्टाचारको विरोध सुशासनको पक्षमा, विभेदका विरुद्धमा सामाजिक न्यायका पक्षमा काम गर्ने सङ्कल्प लिएर अभियानमा आएको बताउँदै अध्यक्ष प्रचण्डले अब सरकार चलाउन पुग्ने गरी भोट आग्रह गरे।

उनले सहिद परिवार, बेपत्ताका परिवार, घाइते अपाङग, जेलनेल भोगेका र आम नागरिक गरी एक करोड मानिससम्म पुगेको पनि बताए। आफ्नो पार्टी जगैबाट देशको अर्थतन्त्र राम्रो बनाउन लागेको उनको भनाइ थियो।

उनले भने, ‘‘माओवादीले जितेका १२३ वटै पालिकामा काम भइरहेको छ। वैधानिक संस्थाहरूले गरेका मूल्याङ्कनले राम्रो काम गर्ने पहिलो, दोस्रो, तेस्रो भएका पालिका र महानगरपालिकामा बर्सेनि पहिलो हुने महानगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादीको सरकार टाढैबाट देखिने हुनुपर्छ।’

अभियानमा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, पम्फा भुषाल, अग्निप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, खगराज भट्टलगायत सहभागी थिए।

सम्बन्धित
Loading...