Skin_Hospital_Dhn

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, प्रतिलीटर कति ?

काठमाण्डौ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको छ । अब डिजल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । भने पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाएर एक सय ७५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला निगमले लिटरमै १० रुपैयाँ भाउ घटाएपछि अब सार्वजनिक गाडीको भाडा पनि घट्ने छ । पेट्रालियम पदार्थको भाउ पाँच प्रतिशतले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

सम्बन्धित
Loading...