
डोटी: डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको बताइन्छ।
साथै इभी हाइसमा सवार चालकसहित अन्य ६ जना घाइते भएका छन्। बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन्।
घाइतेहरूको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५६७ नम्बरको ईभि हाइस आफैं अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो।
