Skin_Hospital_Dhn

कञ्चनपुरमा दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरले लागूऔषध (खैरो हिरोइन) मुद्दामा १ महिना ३ दिन कैद सजाय तोकिएको कृष्णपुर नगरपालिका–५ पबित्रा बस्ती बस्ने २४ वर्षीय प्रकाश सुनार र सोही मुद्दामै ९ महिना १३ दिन कैद सजाय तोकिएको कैलालीको गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय शिवराज भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सजाय ठहर भएपछि फरार रहेका दुवैजनालाई मंगलवार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सम्बन्धित
Loading...