Skin_Hospital_Dhn

घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार?

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलबार यसको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...