Skin_Hospital_Dhn

लोकतान्त्रिक निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा भट्ट

धनगढी: लोकतान्त्रिक निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा प्रेम प्रकाश भट्ट चयन भएका छन्।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति एवं भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यमा भएको प्रथम जिल्ला भेला तथा अधिवेशनले भट्टको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद भट्ट र योगेन्द्र ठकुराठी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा लक्ष्मणदत्त लेखक, उपमहासचिवमा सूर्यबहादुर चन्द र दीपक भट्ट, कोषाध्यक्षमा बृज किशोर चन्द, सहकोषाध्यक्षमा यज्ञराज वैध चयन भएका छन्।

यसैगरी सदस्यहरूमा दिलबहादुर सिंह, बिष्णुबहादुर सिंह, निर्मला भट्ट, अहिल्या बोहरा, पदमराज भट्ट, चित्रबहादुर कार्की, तारासिंह ऐर र मनिष बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत लोकबहादुर ठकुराठीले जानकारी दिए।

अधिवेशनमा कांग्रेस कञ्चनपुरका सचिव भीम भट्ट, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय उपसंयोजक एवं नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठी, प्रदेश संयोजक मदनबहादुर कुँवर विशिष्ठ अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय सदस्यहरू दिनेश सिंह, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष कमलेश कपाडी, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य जंगबहादुर मल्ल, लोकतान्त्रिक निमार्ण व्यवसायी संघ कैलालीका जिल्ला अध्यक्ष निरन्जन शाह, तरुणदलका केन्द्रीय सदस्य आशिष खत्रीलगायत निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...