
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गर्नुको कारण प्रहरीले बताएको छैन।

उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए।
