Skin_Hospital_Dhn

गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले उनलाई रिक्त रहेको मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

सम्बन्धित
Loading...