Skin_Hospital_Dhn

मुख्य मन्त्री शाहले भने “अनुदान कहाँ कसलाई दिने सो बुझेर अगाडि बढ्छौ”

धनगढी ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आफूहरूले दिने अनुदानको सन्दर्भमा कहाँ कसलाई दिने सो कुरा राम्रो सङ्ग बुझेर अगाडि बढ्ने बताएका छन् ।

हिजो (सोमबार) सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“हामीले गर्ने नीति नियम र गतिविधिले प्रदेशका जनता निराश नहुन भन्ने कुरामा विशेष ध्यान दिएका छौ ।” उनले भने, “हामीले दिने अनुदानका सन्दर्भमा कहाँ कसलाई दिने सो बुझ्न जरुरी छ ।” उनले जोस जाँगर भएका जनप्रतिनिधिले जनताका आवाज सुनेकामा खुसी लागेको र त्यही अनुरूप सहकार्य गर्दै प्रदेश सरकार जनतासँग भएको विश्वास दिलाउन चाहेको बताए ।

त्यस्तै, कर्मचारी र जनप्रतिनिधि हातेमालो गरेर अगाडी बढ्ने बेला आएको र प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रका बारेमा गलत तरीकाले व्याख्या गरिनुको कारण खोज्न जरुरी रहेको बताए । “लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता र दृढताका साथ अगाडी बढे कसैलाई रोक्दैनौ साथै बजेट बाडफाड, कार्यान्वयन र विनियोजनका बारेमा कसैलेपनि औला ठड्याउने अवस्था निर्माण हुन दिँदैनौ ।”, उनले भने ।, “भएको श्रोत र साधनको सही सदुपयोग भए नभएको जनताको प्रयोग भए नभएको हेर्छौ” ।

मुख्य मन्त्री शाहले कृषि ऊर्जा पर्यटनका श्रोत साधनहरू खडा गर्ने कोसिसमा रहेको समेत बताए ।

साथै उनले भ्रष्टाचार र सुशासनका विषयमा कसैसँग कम्प्रोमाइज नगर्ने बताएका छन् ।

Loading...