
धनगढी: बित्थडचिर गाउँपालिका–९ वडा कार्यालयले आयोजना गरेको प्रथम जय नेपाल वडाध्यक्ष टी–१२ क्रिकेटट कपअन्तर्गत दोस्रो दिन बुधबार ५ वटा खेल सम्पन्न भएका छन्।
आजको पहिलो खेल बित्थडचिर-७ र बित्थडचिर-२ बिच भएको थियो। टस जितेर फिल्डिङ रोजेको बित्थडचिर-२ ले बित्थडचिर-७ लाई ११ ओभरमा अलआउट गर्दै ४२ रनमा सिमित राखे। दोस्रो इनिङमा बित्थडचिर-७ ले दिएको टार्गेट ७ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गरेर विजेता बन्यो। उक्त खेलका म्यान अफ द म्याच बनेका बित्थडचिर-२ का मोहन चुनाराले नटआउट २६ रन बनाएका थिए।

दोस्रो खेल सोभान स्मृति क्लब दुर्गाथली-७ र बित्थडचिर कर्मचारी बिच भएको थियो। टस जितेर फिल्डिङ रोजेको बित्थडचिर कर्मचारी टिमलाई सोभान स्मृति दुर्गाथली-७ ले १२ ओभरमा ३ विकेट खर्चेर ११५ रनको टार्गेट दिएको थियो। दोस्रो इनिङमा बित्थडचिर कर्मचारी टिमलाई ४८ रनमा अलआउट गर्दै सोभान स्मृति दुर्गाथली-७ विजेता बन्यो। नट आउट ५३ रन बनएका सोभान स्मृति दुर्गाथली-७ का सरोज थापा म्यान अफ द म्याच बने।

तेसो खेल आयोजक ए र आयोजक बी बिच रहेको थियो। टस जितेर ब्याटिङ रोजेको आयोजक ए ले १२ ओभर खेलेर ५ विकेटको क्षतीमा १५१ रन बनायो। दोस्रो इनिङमा आयोजक बी लाई ६ ओभरमा ३२ रनमा अलआउट आयोजक ए बिजेता बन्यो। आयोजक एलाई २४ रन तथा ५ विकेटको योगदान गरेका जगत ढाट म्यान अफ द म्याच बने।
चौथो खेल DCT-४ र केदार्स्यु-१ बिच थियो। टस जितेर ब्याटिङ रोजेको केदार्स्यु-१ ले ७ विकेट गुमाउदै १२ ओभरमा ८४ रन जोडेको थियो। केदार्स्यु-१ बिजेता बनेको खेलको दोस्रो इनिङमा ८५ रनको लक्ष्य पक्ष्याएको DCT-४ ले १२ ओभर खेल्दै ९ विकेटको क्षतीमा ६१ रन मात्र जोड्न सक्यो।म्यान अफ द म्याच केदार्स्यु-१ का सुशील रावल बने।
आजको अन्तिम खेल बित्थडचिर-१ र केदार्स्यु-६ बिच थियो। टस जितेर फिल्डिङ रोजेको बित्थडचिर-१ लाई केदार्स्यु-६ ले १६ रन को टार्गेट दिएको थियो। दोस्रो इनिङमा १६ रनको टार्गेट पछ्याएको बित्थडचिर-१ ले ३.२ ओभरमै पूरा गर्दै बिजेता बन्यो। म्यान अफ द म्याच बित्थडचिर-१ का आशिष बोहरा बने।
प्रतियोगिताका खेलहरू सुनकुडा माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेका छन्। प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ , ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय टिमले नगद २५ हजार १ सय ५१ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, बलर, ब्याटर तथा उदउमान खेलाडीलाई पनि नगद पुरस्कार दिइने जनाइएको छ।
