
धनगढीः कैलालीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा चालकको मृत्यु भएको छ।
जानकी गाउँपालिका–३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधवार दिउँसो से ५ प २६६० र सुदूरपश्चिम प्रदेश ०१०१२ प ८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से ५प २५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।
अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
