Skin_Hospital_Dhn

कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार एक युवक  पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ वैशाख १६ गतेको फैसलाले बैङ्किङ कसुर (चेक अनादर) मुद्दामा २ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएको शुक्लाफाटा नगरपालिका–११ कलुवापुर बस्ने २७ वर्षीय प्रकाश सार्की पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार शुक्लाफाटा नगरपालिका–१० झलारी बजारबाट पक्राउ गरेको जनाइएको छ।

सम्बन्धित
Loading...