धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित दुई किशोर र दुई जना किशोरी पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।