
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य १ लाख ८८ हजार एक सय रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।
