
काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।

बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो। प्रमुख शाहको कार्यकक्षमा भएको भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौंको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराएका थिए।
भेटका क्रममा राजदूत तोरुले, काठमाडौं र जापानका शहरहरुबीच शहरी आचरण सम्बन्धी आपसी ज्ञान र सीप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए।
