Skin_Hospital_Dhn

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल बरामद

काठमाडौँ: सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा. बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।

डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए ।

प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ ।मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ ।

सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए । सर्लाहीको भाडसरमा भएको घटनालाई डा.सिंहले भारतमा सितामढीमा भएको भनेर जिकिर गरेकी छन् । कोमल सुप्रियाको विवाह वैशाख मा सितामढीमा भएको थियो । डा.बबीलाई सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ ।

सम्बन्धित
Loading...