Skin_Hospital_Dhn

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे भाजपा विदेश विभाग प्रमुख

काठमाडौं: भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न चौथाइवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल भ्रमणमा रहेका चौथाइवालेले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए। ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन्।चौथाइवाले तीन दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं उत्रिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित
Loading...